spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारवैशाख १६ गतेदेखि आइपिओ निष्कासन गर्दै याम्बालिङ्ग हाइड्रोपावर

वैशाख १६ गतेदेखि आइपिओ निष्कासन गर्दै याम्बालिङ्ग हाइड्रोपावर

काठमाडौँ — याम्बालिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आगामी वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ बाँडफाँड गरिसकेको छ।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २८ लाख कित्ता सेयर जारी गरिनेछ।

जसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। बाँकी सेयरमध्ये १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

अन्ततः १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिने अन्तिम मिति वैशाख २२ गते तोकिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here