spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारआरएसडीसी लघुवित्तको नाफामा गिरावट, निष्क्रिय कर्जा बढ्यो

आरएसडीसी लघुवित्तको नाफामा गिरावट, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं — आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ।

सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवको चैत मसान्तसम्म कम्पनीको खुद नाफा ६.०८ प्रतिशतले घटेको छ। गत आवमा ६ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवमा ६ करोड ५६ लाख रुपैयाँ मात्र आर्जन गर्न सकेको छ।

खुद ब्याज आम्दानीमा पनि उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष १७ करोड ९ लाख रुपैयाँ रहेको यस्तो आम्दानी १३.६५ प्रतिशतले घटेर १४ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ।

आम्दानी घटेसँगै सञ्चालन नाफामा समेत कमी आएको छ। समीक्षा अवधिमा सञ्चालन नाफा १० करोड १४ लाख रुपैयाँबाट घटेर ९ करोड ४६ लाख रुपैयाँमा झरेको छ, जुन ६.६९ प्रतिशतको गिरावट हो।

यता, कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.४६ प्रतिशत पुगेको छ, जुन गत वर्ष ३.१३ प्रतिशत थियो। यसले कर्जा असुलीमा केही चुनौती देखिएको संकेत गर्छ।

प्रतिशेयर आम्दानी (ईपीएस) ९.०१ रुपैयाँबाट घटेर ८.४६ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२४.०७ रुपैयाँ कायम भएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ रहेको छ। रिजर्भ कोषमा १९ करोड २१ लाख रुपैयाँ सञ्चिति रहेको कम्पनीसँग चैत मसान्तसम्म ५ करोड ६७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ। साथै, कम्पनीले कुल ४ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको कर्जा ग्राहकमा प्रवाह गरेको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here