Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एशियन लाईफ इन्स्योरेन्सका करिब ५ लाख संस्थापक शेयर बिक्रीमा

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले आजदेखि संस्थापक समूहअन्तर्गत पर्ने ४ लाख ९७ हजार ९६० कित्ता शेयर बिक्रीमा राखेको जनाएको छ। कम्पनीका अनुसार उक्त शेयर…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – एशियन लाईफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरेको छ। कम्पनीले आजदेखि संस्थापक समूहअन्तर्गत पर्ने ४ लाख ९७ हजार ९६० कित्ता शेयर बिक्रीमा राखेको जनाएको छ।

कम्पनीका अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता हालका विद्यमान संस्थापक शेयरधनीहरूलाई दिइएको छ। यस व्यवस्था अनुसार इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

शेयर खरिद गर्न चाहने लगानीकर्ताहरूले कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्नेछन्। तोकिएको समयभित्र विद्यमान संस्थापकबाट माग नआएमा भने कम्पनीले अन्य लगानीकर्ताका लागि समेत बिक्री प्रक्रिया खुला गर्न सक्ने जनाएको छ।

यस कदमलाई कम्पनीले आफ्नो पूँजी संरचना व्यवस्थापन तथा लगानीकर्तालाई थप अवसर प्रदान गर्ने उद्देश्यसहित अघि बढाएको बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/