Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, विद्यमान शेयरधनीलाई प्राथमिकता

काठमाडौं - आरम्भ चौतारी लघुवित्त ले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर निष्कासन गर्दै बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ। संस्थाका अनुसार उक्त शेयर खरिदका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – आरम्भ चौतारी लघुवित्त ले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर निष्कासन गर्दै बिक्री प्रक्रिया अघि बढाएको जनाएको छ।

संस्थाका अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता हालका विद्यमान संस्थापक शेयरधनीहरूलाई प्रदान गरिएको छ। यस व्यवस्थाले संस्थाभित्रकै लगानीकर्तालाई थप स्वामित्व विस्तार गर्ने अवसर दिने विश्वास गरिएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिँदा आफूले खरिद गर्न चाहेको शेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

आवेदन प्रक्रिया बनेपा–१०, काभ्रेपलाञ्चोक स्थित संस्थाको केन्द्रीय कार्यालयमार्फत सञ्चालन हुने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/