spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारप्रभु महालक्ष्मी लाइफको १०% संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुने

प्रभु महालक्ष्मी लाइफको १०% संस्थापक शेयर सर्वसाधारणमा रूपान्तरण हुने

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।

हाल कम्पनीको शेयर स्वामित्व संरचनामा संस्थापक शेयरधनीहरूको हिस्सा ८४.६७ प्रतिशत रहेको छ भने सर्वसाधारण शेयरधनीहरूको हिस्सा १५.३३ प्रतिशत रहेको छ। प्रचलित व्यवस्थाअनुसार संस्थापक समूहको हिस्सा न्यूनतम ५१ प्रतिशत कायम रहने गरी बाँकी शेयर सर्वसाधारणमा परिवर्तन गर्न सकिने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार गत चैत १९ गते सम्पन्न विशेष साधारणसभाले कुल संस्थापक शेयरमध्ये १० प्रतिशत शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ।

रूपान्तरण प्रक्रिया पूरा भएपछि कम्पनीको शेयर संरचना परिवर्तन भई संस्थापक समूहको हिस्सा ७६.२० प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको हिस्सा २३.८० प्रतिशत पुग्नेछ। यसका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले संस्थापक शेयरधनीहरूलाई आफ्नो शेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न असहमति भएमा सूचना प्रकाशित मितिले सात दिनभित्र कम्पनीको प्रधान कार्यालयमा लिखित निवेदन दिन आग्रह गरेको छ। तोकिएको समयभित्र कुनै निवेदन नआएमा सम्बन्धित सबै शेयरधनीको सहमति रहेको मानी रूपान्तरण प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here