Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा उच्च उछाल : परिसूचक ४८ अङ्कले बढ्यो, कारोबार झण्डै १० अर्ब

काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय वृद्धि देखिएको छ। बजार परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ विन्दुमा पुगेर बन्द भएको हो। आजको कारोबारमा लगानीकर्ताको उत्साह स्पष्ट…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उल्लेखनीय वृद्धि देखिएको छ। बजार परिसूचक ४८.७१ अङ्कले बढेर २८५१.२४ विन्दुमा पुगेर बन्द भएको हो।

आजको कारोबारमा लगानीकर्ताको उत्साह स्पष्ट देखिएको छ। दिनभरि ३३८ कम्पनीका २ करोड ७९ लाखभन्दा बढी कित्ता सेयर १ लाख ८ हजारभन्दा बढी पटक किनबेच हुँदा कुल कारोबार रकम ९ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

बजारमा व्यापक हरियाली देखिँदा अधिकांश कम्पनीहरूको सेयर मूल्य बढेको छ। कारोबारमा आएका २७९ कम्पनीमध्ये २५१ कम्पनीको मूल्य वृद्धि भएको छ भने १६ कम्पनीको मात्रै घटेको छ। एक कम्पनीको मूल्य स्थिर रहेको छ।

उपसूचकतर्फ हेर्दा सबै समूह उकालो लागेका छन्। ‘अन्य’ समूह सबैभन्दा धेरै ३.४३ प्रतिशतले बढ्दा ‘म्युचुअल फण्ड’ समूह सबैभन्दा कम ०.१३ प्रतिशतले बढेको छ।

आज ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरका लगानीकर्ताले अधिकतम लाभ कमाएका छन्।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अग्रस्थानमा रह्यो, जसको ४३ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। यसैगरी रिडी पावर, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र एसवाई प्यानल पनि उच्च कारोबार हुने कम्पनीहरूको सूचीमा परेका छन्।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/