spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारकालिञ्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कालिञ्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – कालिञ्चोक हाइड्रोपावर लिमिटेड ले सर्वसाधारणका लागि खुलाएको आईपीओमा आवेदन दिने आज चैत २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको हो। कुल निष्काशनमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर यसअघि नै बाँडफाँड गरिसकिएको छ।

बाँकी शेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। यसपछि बाँकी रहेको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओ निष्काशनअघि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here