Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से झिनो अंकले घट्यो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २.६१ अंकले घट्दै २,७५७.४० विन्दुमा कायम भएको हो। आज कुल ३४५ कम्पनीको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २.६१ अंकले घट्दै २,७५७.४० विन्दुमा कायम भएको हो।

आज कुल ३४५ कम्पनीको १ करोड ७४ लाख ६ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने उल्लेखनीय रहेको छ।

कारोबारका आधारमा ङादी ग्रुप पावर अग्रस्थानमा रह्यो। यस कम्पनीको २४ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको पनि २४ करोड २१ लाख रुपैयाँको कारोबार भएको देखिन्छ।

आजको कारोबारमा केही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाएका छन्। भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनका शेयरधनीले १० प्रतिशतसम्म लाभ कमाएका छन्।

यता, नोक्सानीतर्फ एनआइबीएल ग्रोथ फण्डका लगानीकर्ता सबैभन्दा बढी प्रभावित भएका छन्। यस फण्डका लगानीकर्ताले ७.०८ प्रतिशतसम्म गुमाएका छन्। साथै, झापा इनर्जीका लगानीकर्ताले पनि ३.९७ प्रतिशतले घाटा व्यहोरेका छन्।

समग्रमा बजारमा सामान्य गिरावट आए पनि कारोबारको सक्रियता कायम रहेको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/