spot_img
20.9 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारमहिला लघुवित्तको ८४ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

महिला लघुवित्तको ८४ हजार बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं — महिला लघुवित्त वित्तीय संस्थाले आजदेखि ८४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समूहका दुई जना शेयरधनीको नाममा रहेको कुल ८४ हजार ५३७ कित्ता शेयर बिक्रीका लागि खुला गरेको जनाएको छ।

कम्पनीका अनुसार उक्त शेयर हालका विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै बिक्रीमा राखिएको हो। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि आवेदन संस्थाको केन्द्रीय कार्यालय बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोक वा शेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंमा पेश गर्न सकिने व्यवस्था गरिएको छ।

आवेदन दिँदा खरिद गर्न चाहेको शेयर कित्ता स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने कम्पनीले जनाएको छ।

बिक्रीमा राखिएको संस्थापक शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। खरिदकर्ताले सो मूल्य वा सोभन्दा बढी दर उल्लेख गरी आवेदन दिनुपर्नेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here