Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं — समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न १२औँ वार्षिक साधारणसभाबाट पारित…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड ले आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको जनाएको छ।

कम्पनीको गत पुस ३० गते सम्पन्न १२औँ वार्षिक साधारणसभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेड मा सूचीकृत तथा दर्ता भइसकेको छ। यससँगै अब शेयर अभौतिक प्रणालीमार्फत सहज रूपमा कारोबार गर्न सकिने व्यवस्था भएको छ।

कम्पनीका अनुसार पुस १७ गतेसम्म शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित हितग्राही खातामा जम्मा भइसकेको छ। सो मितिपछि अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः खातामा बोनस शेयर जम्मा गरिनेछ।

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई कम्पनीले यथाशीघ्र आफ्नो शेयर डिम्याटमा रूपान्तरण गर्न आग्रह गरेको छ। अभौतिकीकरण गरेपछि बोनस शेयर सिधै हितग्राही खातामै प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

त्यसैगरी, पुस १७ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाएर खातामा जम्मा गरिएको छ। सम्बन्धित शेयरधनीले कर्जा चुक्ता गरिसकेपछि बैंक वा वित्तीय संस्थासँग सम्पर्क गरी उक्त बोनस शेयर फुकुवा गराउनुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले सो मितिपछि रोक्का राखिएका शेयरधनीहरूको बोनस शेयर भने हितग्राही खातामा रोक्का नजनाई सिधै जम्मा हुने व्यवस्था गरिएको पनि जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/