spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारयाम्बालिङ हाइड्रोपावरको आईपीओमा अत्यधिक आवेदन, आजै बिक्री बन्द हुने

याम्बालिङ हाइड्रोपावरको आईपीओमा अत्यधिक आवेदन, आजै बिक्री बन्द हुने

काठमाडौं – याम्बालिङ हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा मागभन्दा बढी आवेदन परेपछि आजैदेखि बिक्री बन्द गर्ने भएको छ।

कम्पनीका अनुसार सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ देखि ७ सम्मका स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरमा प्रारम्भमा अपेक्षाकृत आवेदन नपरेपछि वैशाख ७ गतेसम्म अवधि थप गरिएको थियो। तर अवधि थप गरिएको पहिलो दिनमै अत्यधिक आवेदन परेपछि चैत २३ गते बैंकिङ समयपछि आवेदन प्रक्रिया बन्द गरिने निर्णय गरिएको हो।

कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको १० प्रतिशत बराबर अर्थात् ७ करोड रुपैयाँ बराबरको साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको थियो। यसअन्तर्गत प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ७ लाख कित्ता शेयर स्थानीयका लागि छुट्याइएको थियो।

उक्त आईपीओ चैत ८ गतेदेखि बिक्रीमा ल्याइएको थियो, जसमा स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेड ले सम्हालेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here