Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं— एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न २०औँ वार्षिक साधारणसभाले उक्त बोनस शेयर…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्ना शेयरधनीलाई वितरण गरेको ४ प्रतिशत बोनस शेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न २०औँ वार्षिक साधारणसभाले उक्त बोनस शेयर पारित गरेको थियो।

कम्पनीका अनुसार बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेड मा सूचीकृत तथा दर्ता भइसकेको छ, जसले अब उक्त शेयर अभौतिक (डिम्याट) प्रणालीमार्फत कारोबार गर्न मिल्ने बनाएको छ।

पुस २१ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिसकिएको कम्पनीले जनाएको छ। सो मितिपछि अभौतिकीकरण गराएका शेयरधनीहरूको हकमा भने क्रमशः बोनस शेयर खातामा जम्मा हुने व्यवस्था गरिएको छ।

कम्पनीले अझैसम्म पनि शेयर अभौतिकीकरण नगरेका लगानीकर्तालाई यथाशीघ्र आफ्नो शेयर डिम्याटमा रूपान्तरण गर्न आग्रह गरेको छ। अभौतिकीकरण गरेपछि बोनस शेयर सिधै हितग्राही खातामै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

त्यसैगरी, पुस २१ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीहरूको बोनस शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाएर खातामा जम्मा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/