Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कालिञ्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला

काठमाडौं - कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणमा आईपीओ जारी गरी बाँडफाँड सम्पन्न गरिसकेको थियो।

कम्पनीले नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त गर्दै प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो। यसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि तथा ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर वितरण भइसकेको छ।

अब बाँकी शेयरमध्ये ४१ हजार २५० कित्ता सामूहिक लगानी कोष र १६ हजार ५०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ६ लाख ८४ हजार ७५० कित्ता भने सर्वसाधारणका लागि खुला गरिएको कम्पनीले जनाएको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम मिति चैत २५ गते तोकिएको छ।

आईपीओ निष्कासनअघि गरिएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपाल ले कम्पनीलाई “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/