काठमाडौँ — महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीहरुलाई वितरण गरेको बोनस शेयर डिम्याट खातामा जम्मा गरेको जनाएको छ।
बैंकले पुष २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर चैत १८ गतेदेखि सम्बन्धित शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गर्न सुरु गरेको जानकारी दिएको हो।
बैंकद्वारा प्रकाशित सूचनाअनुसार हाल उक्त बोनस शेयर क्रमशः सबै शेयरधनीहरुको खातामा अद्यावधिक भइरहेको छ।
यससँगै बैंकले अझै भौतिक रुपमा शेयर धारण गरिरहेका शेयरधनीहरुलाई आफ्नो शेयर अभौतिकिकरण (डिम्याट) गर्न आग्रह गरेको छ। डिम्याट प्रणालीमार्फत शेयर व्यवस्थापन गर्दा कारोबार सुरक्षित, सहज र छिटो हुने भएकाले यस्तो आग्रह गरिएको बैंकले जनाएको छ।




