Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिकित्ता २४० रुपैयाँमा आइजीआई प्रुडेन्सियलको शेयर लिलामी खुला

काठमाडौं — आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले संस्थापक समूहअन्तर्गतको ९४ हजार ७९७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरू सबैलाई सहभागी हुन पाउने गरी शेयर बिक्री खुला…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड ले संस्थापक समूहअन्तर्गतको ९४ हजार ७९७ कित्ता शेयर लिलाम बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक व्यक्ति, कम्पनी तथा संघ–संस्थाहरू सबैलाई सहभागी हुन पाउने गरी शेयर बिक्री खुला गरेको हो।

कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य २४० रुपैयाँ निर्धारण गरेको छ। इच्छुक खरिदकर्ताले बोलपत्र पेश गर्दा सम्पूर्ण ९४ हजार ७९७ कित्ताका लागि एकमुष्ट आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

शेयर खरिदका लागि आवश्यक बोलपत्र फाराम रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंस्थित कार्यालयबाट प्राप्त गर्न तथा त्यहीँ बुझाउन सकिनेछ।

बोलपत्र पेश गर्ने अवधि आज चैत १८ गतेदेखि चैत २५ गतेसम्म तोकिएको छ। सो अवधिभित्र प्राप्त सबै बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।

यस लिलामीमार्फत संस्थापक समूहको शेयर सर्वसाधारण लगानीकर्तासम्म पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/