Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रतिकित्ता ५०० रुपैयाँमा छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ - छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी पवन कुमार शर्मा को नाममा रहेको ८ हजार ९६ कित्ता शेयर बिक्रीका लागि खुला गरेको जनाएको छ।…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी पवन कुमार शर्मा को नाममा रहेको ८ हजार ९६ कित्ता शेयर बिक्रीका लागि खुला गरेको जनाएको छ।

कम्पनीका अनुसार उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने भएकाले हाल यी शेयर उनीहरूका लागि मात्र उपलब्ध गराइएको छ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर काठमाडौँको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ।

कम्पनीले तोकिएको समयभित्र संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणका लागि बिक्री गर्ने प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। यस कदमले कम्पनीको पूँजी व्यवस्थापनलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/