spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारनेप्से परिसूचक १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा

नेप्से परिसूचक १४.२१ अंक बढेर २९५०.१६ विन्दुमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सुधार देखिएको छ। अघिल्लो दिन घटेर बन्द भएको बजार यस दिन भने उकालो लाग्दै सकारात्मक संकेतसहित बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स १.९८ अंकले उकालो लागेको छ। त्यस्तै, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंकले वृद्धि भएको छ।

यद्यपि बजार उकालो लाग्दा पनि कारोबार रकममा भने केही कमी आएको छ। बुधबार १५ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३४३ कम्पनीका १ लाख ४२ हजार ७३४ पटकको किनबेचबाट १३ अर्ब १६ करोड २२ लाख ९९ हजार रुपैयाँ बराबरको ३ करोड ४ लाख ३८ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन ५ वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ। रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रोपावर, होटल फरेष्ट इन, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावरका लगानीकर्ताले उच्च वृद्धि देखेका छन्। त्यस्तै, नेशनल हाइड्रोपावर र रिडी पावर कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले बढ्दा शुभम् पावरको मूल्य पनि करिब ६ प्रतिशतले उकालो लागेको छ।

तर सबै कम्पनीमा वृद्धि देखिएन। पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ७.४८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट अग्रस्थानमा रह्यो, जसको करिब ९४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भयो। एसवाई प्यानल नेपालको करिब ७२ करोड रुपैयाँ बराबरको शेयर किनबेच हुँदा नेशनल हाइड्रोपावरको कारोबार रकम ४६ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

उपसमूहतर्फ हेर्दा १३ मध्ये ९ उपसमूह उकालो लागेका छन् भने ३ उपसमूहमा गिरावट आएको छ। जलविद्युत उपसमूह सर्वाधिक १.५६ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा पनि उल्लेख्य सुधार देखिएको छ। विपरीत रूपमा व्यापार उपसमूहमा २.८४ प्रतिशतले गिरावट आएको छ भने म्युचुअल फण्ड उपसमूह स्थिर रह्यो।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here