spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारयस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। दैनिक उपभोग्य तरकारी, फलफूल तथा अन्य खाद्य वस्तुको मूल्य सूची सार्वजनिक गर्दै समितिले बजारको अद्यावधिक दर जानकारी दिएको हो।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, सानो (लोकल) ३६ रुपैयाँ, सानो (भारतीय) ४४ रुपैयाँ र तराईको सानो गोलभेँडा ४८ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातो (लोकल तथा भारतीय) प्रतिकिलो २४ रुपैयाँ र सुकेको प्याज (भारतीय) ३७ रुपैयाँ कायम भएको छ।

हरियो तरकारीतर्फ गाजर (लोकल) ६० रुपैयाँ, गाजर (तराई) ३५ रुपैयाँ, बन्दा (लोकल) ६० रुपैयाँ र काउली ५० देखि ७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। यस्तै, मूला, भन्टा, बोडी, सिमी, करेला, लौका, घिरौँला, फर्सी लगायतका तरकारीको मूल्य पनि फरक–फरक दरमा निर्धारण गरिएको छ।

सागसब्जीमा रायो, पालुङ्गो, मेथी, तोरीसाग, हरियो प्याज, धनियाँ लगायतका वस्तुको मूल्य प्रतिकिलो ४० रुपैयाँदेखि १५० रुपैयाँसम्म कायम छ। च्याउको मूल्य भने प्रकारअनुसार फरक देखिएको छ, जसमा कन्य च्याउ १६० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँसम्म पुगेको छ।

फलफूलतर्फ स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, केरा २६० रुपैयाँ, कागती ३५० रुपैयाँ, अनार ३८० रुपैयाँ र किबी ४०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, एभोकाडो प्रतिकिलो ८०० रुपैयाँसम्म पुगेको छ।

मसला तथा अन्य खाद्य वस्तुहरूमा अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ७० देखि १०० रुपैयाँसम्म, लसुन (नेपाली) १४० रुपैयाँ र (चाइनिज) २२० रुपैयाँ कायम गरिएको छ। माछातर्फ ताजा रहु प्रतिकिलो ३४० रुपैयाँ, बचुवा ३१० रुपैयाँ र छडी ३०० रुपैयाँमा बिक्री भइरहेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here