Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अण्डाको मूल्य पुनः वृद्धि, उत्पादन घट्दा बजारमा असर

काठमाडौं - अण्डाको उत्पादन घट्नुका साथै बजारमा माग बढेपछि अण्डाको मूल्य फेरि वृद्धि भएको छ। लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो। सङ्घका अनुसार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – अण्डाको उत्पादन घट्नुका साथै बजारमा माग बढेपछि अण्डाको मूल्य फेरि वृद्धि भएको छ। लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर मंगलबारदेखि लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।

सङ्घका अनुसार अब ठूलो अण्डाको मूल्य प्रतिकरेट (३० वटा) रु ४६५ पुगेको छ, जुन यसअघि रु ४५० थियो। त्यस्तै, मझौला अण्डाको मूल्य पनि बढेर प्रतिकरेट रु ४१५ कायम गरिएको छ, जुन पहिले रु ४०० मा कारोबार भइरहेको थियो।

अण्डाको मूल्य यसअघि मङ्सिर महिनामा उच्च बिन्दुमा पुगेको थियो। त्यस समयमा ठूलो अण्डा प्रतिकरेट रु ५६५ र मझौला अण्डा रु ५५० सम्म बिक्री भएको थियो।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुखुरामा फैलिएको रोग र बढ्दो गर्मीका कारण उत्पादनमा कमी आएको छ। साथै, नयाँ वर्षको अवसरमा बढेको पर्यटकीय गतिविधिले अण्डाको माग बढाएको छ। सीमा क्षेत्रमा कडाइ गरिएकाले बाहिरी आयात घट्दा पनि बजारमा आपूर्ति प्रभावित भएको उनले बताए।

हाल अण्डाको उत्पादन लागत प्रतिगोटा करिब रु १९.१२ पर्ने गरेको छ, जसअनुसार प्रतिकरेट लागत रु ५७४ पुग्छ। तर बजार मूल्य अझै लागतभन्दा तल रहेकाले किसानहरू निराश छन्। मूल्य लागत नजिक पुग्ने आशामा किसानहरू रहेका छन्।

सङ्घले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य निर्धारण गर्दै आएको छ। अध्यक्ष पोखरेलले आगामी दिनमा मूल्य अझै बढेर लागत मूल्यसम्म पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/