Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कर्णालीलाई फिल्म छायांकन केन्द्र बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय महोत्सव सम्पन्न

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। महोत्सवले कर्णालीलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्य बनाउने स्पष्ट लक्ष्य अघि सारेको छ। ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ र ‘जनजनमा…


विज्ञापनAdvertisement Banner
2 min read

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। महोत्सवले कर्णालीलाई चलचित्र छायांकनका लागि आकर्षक गन्तव्य बनाउने स्पष्ट लक्ष्य अघि सारेको छ।

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा कला, संस्कृति र पर्यटनलाई चलचित्रसँग जोड्ने प्रयास गरिएको थियो।

चलचित्र विकास बोर्डको सहकार्यमा सम्पन्न महोत्सवले कर्णाली क्षेत्रलाई फिल्म पर्यटनका लागि सम्भावनायुक्त स्थानका रूपमा विकास गर्ने उद्देश्य राखेको जनाएको छ। यसका लागि संस्थागत रूपमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

समापन कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीति तथा बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। साथै, कर्णाली प्रज्ञा प्रतिष्ठानले यहाँ छायांकन गर्न आउने फिल्मकर्मीलाई सहयोग र प्रोत्साहन दिने घोषणा गरेको छ।

महोत्सवको एक महत्वपूर्ण पक्षका रूपमा ‘चलचित्र कथा प्रतियोगिता’ पनि सुरु गरिएको छ। कर्णालीको भूगोल, भाषा, संस्कृति र जीवनशैलीलाई विश्वसामु प्रस्तुत गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो।

दीर्घकालीन रूपमा कर्णालीलाई अन्तर्राष्ट्रिय स्तरको ‘सुटिङ हब’ बनाउने उद्देश्यअनुसार विभिन्न गतिविधि आयोजना गरिएको आयोजकले जनाएको छ। यसले कर्णालीलाई पर्यटनसँगै चलचित्र उत्पादनका लागि पनि महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/