अभिनेत्री प्रियंका कार्की ले पूर्व गृहमन्त्री सुदन गुरुङ को निर्णयप्रति समर्थन जनाएकी छन्। विवादपछि पदबाट राजीनामा दिएका गुरुङको कदमलाई उनले नैतिकताको दृष्टिले महत्वपूर्ण भनेकी हुन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले कठिन परिस्थितिमा पदभन्दा नैतिकता रोज्नु ठूलो कुरा भएको उल्लेख गरेकी छन्। साथै उनले आरोप–प्रत्यारोपबारे निष्पक्ष छानबिन हुनुपर्ने धारणा पनि व्यक्त गरेकी छन्।
उनले सार्वजनिक बहस र मिडिया दबाबबीच पनि सत्य बाहिर आउनुपर्नेमा जोड दिँदै, यस्ता अवस्थामा धैर्यता र पारदर्शिता आवश्यक हुने बताएकी छन्।
यसअघि विभिन्न विवादका कारण आलोचनामा परेका गुरुङले नैतिक जिम्मेवारी स्वीकार गर्दै पदबाट अलग हुने निर्णय गरेका थिए। उनले सार्वजनिक विश्वासलाई सबैभन्दा ठूलो मान्दै राजीनामा दिएको बताएका थिए।
कार्कीको यस समर्थनपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले उनको अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले फरक मत पनि व्यक्त गरेका छन्।
Top of Form




