Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

जेन–जी आन्दोलनको स्वर बोकेको ‘हाम्रो आवाज : नयाँ नेपाल’ सार्वजनिक

काठमाडौं । पोखरामा आधारित सांगीतिक समूह बफिन्स ९८ ले नयाँ गीत ‘हाम्रो आवाज : नयाँ नेपाल’ सार्वजनिक ‘गरेको छ। गीतमा विशेषगरी जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई मुख्य विषय बनाइएको छ। यस गीतमार्फत…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । पोखरामा आधारित सांगीतिक समूह बफिन्स ९८ ले नयाँ गीत ‘हाम्रो आवाज : नयाँ नेपाल’ सार्वजनिक गरेको छ। गीतमा विशेषगरी जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई मुख्य विषय बनाइएको छ।

यस गीतमार्फत २०८२ साल भदौ २३ मा देशभर युवाहरूले उठाएको आवाज र सडक संघर्षलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। युवापुस्ताले भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रण र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धविरुद्ध उठाएको आवाज गीतको मुख्य आधार बनेको छ।

गीतले आन्दोलनका क्रममा देखिएको दमन, पीडा र बलिदानलाई पनि समेटेको छ। विशेषगरी राज्यले युवाको आवाज नसुनेको अवस्था र परिवर्तनप्रतिको चाहनालाई भावनात्मक ढंगले अभिव्यक्त गरिएको छ।

गीतका शब्द तथा स्वर गायक सञ्जीव गुरुङले दिएका छन् भने संगीत संयोजनमा उनीसँगै सुमन तामाङको सहकार्य रहेको छ। रेकर्डिङ तथा मिक्सिङ पोखरास्थित स्टुडियोमै गरिएको हो।

भिडियोमा देशका विभिन्न भूभाग—हिमाल, पहाड र तराई—का जीवनशैली, श्रम र संघर्षलाई समेटिएको छ। साथै, जेन–जी आन्दोलनमा युवाहरूको सहभागिता र कलाकारहरूको ऐक्यबद्धता पनि दृश्यमा प्रस्तुत गरिएको छ।

समूहका अनुसार यो गीत केवल मनोरञ्जनका लागि नभई परिवर्तनको चाहना बोकेका युवाहरूको भावना व्यक्त गर्ने प्रयास हो। साथै, आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका युवाप्रति श्रद्धाञ्जलीका रूपमा पनि यो सिर्जना प्रस्तुत गरिएको बताइएको छ।

Top of Form

 

Bottom of Form

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/