Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बालेनको ‘जय महाकाली’ ले युट्युबमा रच्यो नयाँ कीर्तिमान

काठमाडौं — बालेन शाहले सार्वजनिक गरेको गीत जय महाकालीले युट्युबमा नयाँ इतिहास रचेको छ। सार्वजनिक भएको २४ घण्टाभित्रै उक्त गीतले सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान बनाएको हो। बिहीबार बेलुका सार्वजनिक गरिएको गीतलाई…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — बालेन शाहले सार्वजनिक गरेको गीत जय महाकालीले युट्युबमा नयाँ इतिहास रचेको छ। सार्वजनिक भएको २४ घण्टाभित्रै उक्त गीतले सर्वाधिक हेरिने नेपाली गीतको कीर्तिमान बनाएको हो।

बिहीबार बेलुका सार्वजनिक गरिएको गीतलाई शुक्रबार बिहानसम्म करिब २१ लाख पटक हेरिएको छ। यससँगै यसअघि रहेको रेकर्ड तोडिएको छ। यसअघि दुर्गेश थापा र सिसन बानियाँको सहकार्यमा बनेको गीत जाने भए जाम मायाले २४ घण्टामा १६ लाख ३६ हजार भ्यूज पाउँदै रेकर्ड कायम गरेको थियो।

त्यस्तै, उक्त गीतले विष्णु माझीको चर्चित तीज गीत आइन आमा यो तीजमाको १५ लाख भ्यूजको रेकर्ड समेत उछिनेको थियो। तर बालेनको नयाँ गीतले केही घण्टामै ती सबै कीर्तिमानहरू पार गरेको हो।

यसैबीच, ‘जय महाकाली’ले सार्वजनिक भएको तीन घण्टाभित्रै १० लाख भ्यूज पार गर्दै सबैभन्दा छिटो १० लाख भ्यूज पाउने नेपाली गीतको रेकर्ड पनि बनाएको छ।

यो गीतको अडियो करिब ११ वर्षअघि नै सार्वजनिक भएको भए पनि अहिले रि–मास्टरिङ गरेर भिडियोसहित पुनः रिलिज गरिएको हो। भिडियोमा बालेनको चुनावी अभियानका झलकहरू समेटिएका छन्।

प्रधानमन्त्रीको शपथ लिनु अघिल्लो दिन सार्वजनिक गरिएको यस गीतले राजनीतिक माहोलसँगै युट्युबमा पनि व्यापक चर्चा पाएको छ। चुनावी लहरसँगै बालेनको लोकप्रियता डिजिटल प्लेटफर्ममा समेत झल्किएको देखिन्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/