spot_img
25.1 C
Kathmandu
spot_img
Homeसमाचारदुर्घटनातनहुँको कलेस्ती पुलमा बस दुर्घटना : १५ यात्रु घाइते, चालकको अवस्था चिन्ताजनक

तनहुँको कलेस्ती पुलमा बस दुर्घटना : १५ यात्रु घाइते, चालकको अवस्था चिन्ताजनक

तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। घाइतेमध्ये बस चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज अपराह्न करिब ३स्१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलामाथिको पुलमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनापछि चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार उद्धार टोलीले बसभित्र फसेका चालकलाई सुरक्षित रूपमा बाहिर निकालेर उपचारका लागि रत्नहरि अस्पताल पठाएको छ। चालकको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको समयमा बसमा २५ जना यात्रु सवार थिए।

दुर्घटनामा व्यास–४ निवासी ६० वर्षीया श्रीमाया परियार, लमजुङको मध्यनेपाल–१ निवासी ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल–४ निवासी ३२ वर्षीया निरा गौतम, २९ वर्षीया सुस्मिता साही, व्यास–११ थुम्की निवासी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास–२ निवासी ४७ वर्षीया अनिता गुरुङ, ४९ वर्षीया बिन्दु गुरुङ, कास्कीको रुपा गाउँपालिका–१ निवासी ५० वर्षीया स्वस्तिकला खनाल, व्यास–६ निवासी २७ वर्षीया सुजिता पौडेल, व्यास–१ निवासी ८ वर्षीया सान्भि गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल तथा ४४ वर्षीया नुनिमाया थापा घाइते भएका छन्।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here