Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

चितवनमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटना शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नारायणघाटबाट बर्दिबासतर्फ गइरहेको बा…


विज्ञापनAdvertisement Banner
1 min read

चितवनको खैरहनीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। दुर्घटना शनिबार दिउँसो खैरहनी नगरपालिका–१ स्थित तरकारी चोकमा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नारायणघाटबाट बर्दिबासतर्फ गइरहेको बा प्र. ०३–००१ ख २७७३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा प्र. ०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकल दिउँसो १२:२३ बजे ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ३२ वर्षीय पुरुष र मोटरसाइकलको पछाडि बसेकी अन्दाजी २५ वर्षीया महिला गम्भीर घाइते भएका थिए। दुवैलाई उद्धार गरी उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएको थियो।

अस्पतालमा उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।

दुर्घटनापछि प्रहरीले बस चालक सर्लाहीको हरिवन नगरपालिका–८ निवासी ५१ वर्षीय अजयकुमार मास्केलाई नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/