Wednesday, September 16, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रमुख शहरमा घरजग्गा कारोबार उकालो, काठमाडौंमा सबैभन्दा ठूलो वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा देशभर घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशका प्रमुख शहरहरूमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ। स्थानीय…


विज्ञापनAdvertisement Banner
2 min read

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा देशभर घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशका प्रमुख शहरहरूमा घरजग्गा कारोबार उल्लेख्य रूपमा बढेको छ।

स्थानीय तहअनुसार हेर्दा काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको संख्या सबैभन्दा धेरै १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुर महानगरपालिकामा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार वृद्धि भएको छ।

कारोबार भएको जग्गाको क्षेत्रफलका आधारमा पनि काठमाडौं महानगरपालिका अग्रस्थानमा रहेको छ। सो अवधिमा काठमाडौंमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ।

घरजग्गा कारोबारको कुल मूल्यमा समेत काठमाडौंमा उल्लेख्य विस्तार देखिएको छ। काठमाडौं महानगरपालिकामा कारोबारको कुल मूल्य अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१७.४० प्रतिशतले वृद्धि भएको छ।

उपमहानगरपालिकातर्फ भने घरजग्गा कारोबारको संख्यामा धनगढीले अग्रता लिएको छ। धनगढीमा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ।

कारोबार भएको क्षेत्रफल वृद्धिका हिसाबले हेटौंडा अगाडि देखिएको छ। हेटौंडामा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल १०४.१६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, कारोबारको कुल मूल्यमा पनि हेटौंडामै उल्लेख्य वृद्धि देखिएको छ, जहाँ कुल कारोबार मूल्य १८६.८० प्रतिशतले बढेको छ।

समग्र तथ्यांकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशका प्रमुख शहरी क्षेत्रमा घरजग्गा बजारको गतिविधि अघिल्लो वर्षको तुलनामा तीव्र भएको देखाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/