Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

उदिपुरमा पहिरो नियन्त्रण सम्पन्न भएपछि डुम्रे–बेँसीसहर सडकमा वर्षायाममा पनि सहज आवागमन

डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुर क्षेत्रमा सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लगानीमा पहिरो नियन्त्रणका विभिन्न संरचना निर्माण भएपछि वर्षायाममा पनि सवारी आवागमन सहज र सुरक्षित बनेको छ। डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना…


विज्ञापनAdvertisement Banner
2 min read

डुम्रे–बेँसीसहर सडकअन्तर्गत उदिपुर क्षेत्रमा सङ्घीय सरकारको रु ११ करोड १९ लाखको लगानीमा पहिरो नियन्त्रणका विभिन्न संरचना निर्माण भएपछि वर्षायाममा पनि सवारी आवागमन सहज र सुरक्षित बनेको छ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार मस्र्याङ्दी नदी किनारमा माइक्रो पाइल, संरक्षण पर्खाल, ४५ मिटर उचाइ र ८० मिटर लम्बाइको ग्याबिन जाली, ३०० मिटर सडक कालोपत्र तथा सडकमाथिको पहिरो प्रभावित क्षेत्रमा नेलिङलगायतका संरचना निर्माण गरिएको छ।

बेँसीसहर निवासी बाबुलाल श्रेष्ठले पहिरो नियन्त्रणका संरचना बनेपछि उदिपुर हुँदै यात्रा गर्न सहज भएको बताउनुभयो। उहाँका अनुसार गत वर्ष वर्षायाममा माथिबाट ढुङ्गा खस्ने जोखिमका कारण यात्रा गर्न कठिन हुने गरेको थियो। अहिले सडक सुरक्षित बनेसँगै निर्धक्क भएर आवतजावत गर्न सकिने अवस्था सिर्जना भएको उहाँको भनाइ छ।

यसैगरी, उक्त सडकमा नियमित रूपमा सवारी सञ्चालन गर्दै आउनुभएका चालक नारायण घिमिरेले पनि उदिपुर क्षेत्रमा अहिले बिना डर सवारी चलाउन पाएको बताउनुभयो। उहाँका अनुसार पहिरो नियन्त्रणको काम अघि नबढ्दासम्म सवारीसाधनले प्रायः वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था थियो।

डुम्रे–बेँसीसहर सडक लमजुङ र मनाङलाई जोड्ने प्रमुख सडक सञ्जालमध्ये एक हो। यही मार्गले अन्नपूर्ण चक्रीय पदमार्गसँग समेत पहुँच स्थापित गर्ने भएकाले यसको सुरक्षित सञ्चालनले स्थानीय बासिन्दा, पर्यटक तथा यातायात क्षेत्रलाई प्रत्यक्ष लाभ पुगेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/