Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

गणेश नेपालीलाई उपचारका लागि भारत पठाउने तयारी थियो, घटनाबारे पाँच सदस्यीय छानबिन समिति गठन

मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका बारे ,गृहमन्त्री सुधन गुरुङले घाइते गणेश नेपालीको जीवन रक्षा प्राथमिकतामा राख्दै उपचारका लागि भारत पठाउने आवश्यक तयारी अघि बढाइएको जानकारी दिनुभएको छ। प्रतिनिधिसभाको आजको…


विज्ञापनAdvertisement Banner
1 min read

मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेको घटनाका बारे ,गृहमन्त्री सुधन गुरुङले घाइते गणेश नेपालीको जीवन रक्षा प्राथमिकतामा राख्दै उपचारका लागि भारत पठाउने आवश्यक तयारी अघि बढाइएको जानकारी दिनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले हिजो रातिदेखि नै भारतसँग आवश्यक समन्वय सुरु गरिएको र उपचारका लागि नेपालीलाई भारत लैजाने प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।

उहाँले गणेश नेपाली सवार रहेको सवारीमा काठमाडौँ महानगरपालिकाको प्रहरीले ‘ह्विल लक’ लगाएको उल्लेख गर्दै स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को नेतृत्वमा नरहेको पनि स्पष्ट पार्नुभयो।

गृहमन्त्री गुरुङका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि प्रहरी नायब महानिरीक्षक ९डिआइजी० गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। साथै, अनुसन्धानका क्रममा महानगरीय प्रहरी बलका पाँच जना प्रहरीलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन अघि बढाइएको उहाँले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/