Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सम्पत्ति शुद्धीकरण विभागको ७ दिने पुर्जी

काठमाडौं, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही विषयमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाका छोरा जयविर सिंह देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा जयविर सिंह देउवासँग केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले सात दिनभित्र उपस्थित हुन सूचना जारी गरेको हो।

विभागका अनुसार जयविर सिंह देउवा डडेलधुरा जिल्ला साविक आसिग्राम गाविस–५ स्थायी वतन भई हाल काठमाडौं महानगर क्षेत्रअन्तर्गत बूढानीलकण्ठ नगरपालिका–२ मा बसोबास गर्दै आएका छन्।

सूचनामा ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको बी–ब्लकमा रहेको विभागको कार्यालयमा बाटोको म्यादबाहेक सात दिनभित्र उपस्थित भई हाजिर हुन भनिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/