Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाल वायुसेवा निगमको पुनर्जागरणमा इमान्दारिता र जिम्मेवारी आवश्यक : मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्जागरणका लागि सबै पक्ष इमान्दार, जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ। नेपाल वायुसेवा निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा…


विज्ञापनAdvertisement Banner
2 min read

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पुनर्जागरणका लागि सबै पक्ष इमान्दार, जिम्मेवार र प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ।

नेपाल वायुसेवा निगमको ६८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले निगमलाई सबल र सक्षम संस्थाका रूपमा विकास गर्न कर्मचारीदेखि नेतृत्व तहसम्म सबैले पारदर्शी र उत्तरदायी भएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले इमान्दार, नैतिकवान र कर्तव्यनिष्ठ कर्मचारीको वृत्तिविकासमा मन्त्रालयले आवश्यक ध्यान दिने उल्लेख गर्दै अनियमिततामा संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पार्नुभयो। मन्त्री पौडेलले निगमको संस्थागत सुधार र प्रगतिका लागि मन्त्रालयबाट आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै सम्पूर्ण कर्मचारीलाई दक्षता, अनुशासन र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमलाई थप सुदृढ बनाउन सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। विगतका अनुभवबाट सिकेर स्पष्ट लक्ष्य र योजनासहित अघि बढे निगमले थप सफलता हासिल गर्न सक्ने उहाँको भनाइ थियो। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले विभिन्न चुनौतीबीच पनि पछिल्लो समय यात्रुको सङ्ख्या र आम्दानीमा वृद्धि हुनु निगमका लागि उत्साहजनक उपलब्धि भएको उल्लेख गर्नुभयो।

सोही अवसरमा मन्त्री पौडेलले निगमका गतिविधि समेटिएको वार्षिक विशेषाङ्क ‘आकाश भैरव’ पत्रिकाको विमोचन गर्नुभयो। वार्षिकोत्सवको अवसरमा निगमको केन्द्रीय कार्यालयबाट न्यूरोडस्थित जुद्ध शालिक हुँदै पुनः निगमको कार्यालयसम्म प्रभातफेरी कार्यक्रमसमेत आयोजना गरिएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/