Monday, September 14, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारद्वारा पक्राउ

काठमाडौं - राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनलाई सोमबार प्रधानमन्त्री कार्यालय, बालुवाटारबाट पक्राउ गरिएको हो। उनलाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइका क्रममा भइरहेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

उनलाई सोमबार प्रधानमन्त्री कार्यालय, बालुवाटारबाट पक्राउ गरिएको हो।

उनलाई सोमबार साँझ प्रधानमन्त्री कार्यालयले नयाँ राहदानी छपाइका क्रममा भइरहेको ढिलासुस्तीबारे छलफलका लागि बोलाएको थियो। यस विषयमा प्रधानमन्त्री कार्यालयले अख्तियारसँग पनि छलफल गरेको थियो।

प्रधानमन्त्री कार्यालय पुगेका अर्याललाई त्यहीबाटै अख्तियारले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

त्यसैगरी अख्तियारले व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/