Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि हिमाली र पहाडी भू-भागमा सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदली…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि हिमाली र पहाडी भू-भागमा सामान्य बदली देखिएको छ भने तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। अन्य क्षेत्रको मौसम भने प्रायः सफा रहनेछ।

दिउँसोका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका पहाडी भू-भाग र कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो मौसम कायम रहने अनुमान गरिएको छ।

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/