spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारउपत्यकामा २४ घण्टामा २,४९२ सवारी चालक कारबाहीमा

उपत्यकामा २४ घण्टामा २,४९२ सवारी चालक कारबाहीमा

काठमाडौं — काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा २,४९२ जना सवारी चालक ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा ५ लाख ४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न प्रकारका नियम उल्लङ्घनका आधारमा कारबाही गरिएको हो। मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६८ जना, नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने २७५ जना, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १४५ जना तथा तीव्र गतिमा सवारी चलाउने १८३ जनालाई कारबाही गरिएको छ।

त्यसैगरी, लेन अनुशासन उल्लङ्घन गर्ने ९६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७५ जना र निर्धारित स्थान बाहेक अन्यत्र यात्रु चढाउने तथा ओराल्ने ५९ जना चालक कारबाहीमा परेका छन्।

यसका अतिरिक्त अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १,४१३ जनालाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि निगरानीलाई अझ कडाइ गरिएको जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here