Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुकुमबासी समस्याको स्थायी समाधानका लागि सरकार सक्रिय: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान गरी उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि थाती रहेको सुकुमबासी समस्यालाई सरकारले प्राथमिकताका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक भूमिहीन सुकुमबासीहरूको पहिचान गरी उनीहरूलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वर्षौँदेखि थाती रहेको सुकुमबासी समस्यालाई सरकारले प्राथमिकताका साथ स्थायी रूपमा समाधान गर्ने तयारी गरिरहेको जानकारी दिए।

विशेष गरी उपत्यकाका नदी किनारमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षा र ढल निकास प्रणालीको सुधारका लागि उनीहरूको व्यवस्थापन अनिवार्य रहेको प्रधानमन्त्रीको तर्क छ। वर्षायाममा आउने बाढीका कारण हरेक वर्ष धनजनको क्षति हुने गरेको र नागरिकले ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने कष्टकर अवस्था रहेको उल्लेख गर्दै उनले भने,’जोखिमयुक्त क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु राज्यको जिम्मेवारी र नागरिकको अधिकार हो।’

सरकारले वास्तविक सुकुमबासीहरूको तथ्याङ्क संकलन गरी उनीहरूलाई यथाशक्य चाँडो सुरक्षित र व्यवस्थित बसोबासको ग्यारेन्टी गर्ने लक्ष्य राखेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/