spot_img
20.9 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको...

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ । जसका कारण देशका विभिन्न भूभागमा मौसममा परिवर्तन देखिएको छ।

महाशाखाले जनाएको अनुसार, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली रहनेछ। यी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

पहाडी भूभागतर्फ पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

तराई क्षेत्रमा भने मौसम तातो रहने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै मधेस प्रदेशसहित अन्य तराई तथा उपत्यकाका क्षेत्रमा तातो दिन रहने अनुमान गरिएको छ।

आज रातिको मौसमबारे जानकारी दिँदै महाशाखाले कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाएको छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here