Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव कायम: हिमाली क्षेत्रमा वर्षा, तराईमा तातो लहरको सम्भावना

काठमाडौं — देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हिमाली भेगमा बादल लाग्ने तथा केही स्थानमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — देशमा अहिले पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हिमाली भेगमा बादल लाग्ने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने तराई क्षेत्रमा तातो हावा चल्ने र गर्मी बढ्ने संकेत देखिएको छ।

महाशाखाले दिएको जानकारी अनुसार हाल देशको हिमाली भूभागमा सामान्यतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो हिमाली क्षेत्रमा बदली रहनेछ भने कोशी प्रदेशका पहाडी र तराई क्षेत्रसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।

यस्तै, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई तथा उपत्यकामा गर्मी बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति भने अधिकांश स्थानमा मौसम सफा रहनेछ। हिमाली क्षेत्रमा आंशिक बदली रहने र कोशी तथा गण्डकी प्रदेशका उच्च भेगका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/