Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव कायम, आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। यस प्रभावका कारण देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ। महाशाखाका अनुसार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको छ। यस प्रभावका कारण देशका विभिन्न भागमा मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने बताइएको छ।

तराईका केही भूभागमा भने तातो दिन हुने सम्भावना रहेको छ, विशेषगरी मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने महाशाखाले जनाएको छ।

आज राति देशका हिमाली भूभागमा सामान्य बदली रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा राति पनि हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सम्भावित वर्षा, चट्याङ्ग तथा हिमपातबाट सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/