Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सम्पत्ति विवरणबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले आफ्नो सम्पत्ति विवरणका विषयमा फैलिएको भ्रमप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन्। बिहीबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्पत्तिको विषयमा अनावश्यक टिप्पणी र भ्रम…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले आफ्नो सम्पत्ति विवरणका विषयमा फैलिएको भ्रमप्रति आपत्ति जनाउँदै स्पष्टिकरण दिएका छन्।

बिहीबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्पत्तिको विषयमा अनावश्यक टिप्पणी र भ्रम नफैलाउन आग्रह गरे। उनका अनुसार हाल सार्वजनिक भएको विवरण वास्तविक वर्तमान अवस्थाको नभई हजुरबुवाको अंशबण्डा नहुँदैको पुरानो अवस्थाको रहेको हो।

उनले भने, “अहिले सार्वजनिक भएको सम्पत्ति विवरण अंशबण्डा हुनुअघि कै हो,” भन्दै गलत बुझाइ नफैलाउन सबैलाई आग्रह गरे।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सार्वजनिक गरेको विवरणअनुसार गृहमन्त्रीसँग ८९ तोला सुन तथा करोडौँ रुपैयाँ बराबरको शेयर लगानी रहेको उल्लेख गरिएको थियो।

सम्पत्ति विवरण सार्वजनिक भएसँगै विभिन्न टिप्पणीहरू आउन थालेपछि गृहमन्त्रीले यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/