Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह

काठमाडौं — नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिन TIMEले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। टाइम म्यागजिनले हरेक वर्ष सार्वजनिक गर्ने उक्त सूचीमा विश्वका…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागजिन TIMEले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्।

टाइम म्यागजिनले हरेक वर्ष सार्वजनिक गर्ने उक्त सूचीमा विश्वका प्रभावशाली राजनीतिज्ञ, कलाकार, व्यवसायी तथा चिन्तकहरूलाई समावेश गर्ने गरिन्छ। यस वर्ष बालेन्द्र शाहलाई ‘नेता’ (Leaders) श्रेणीमा राखिएको छ।

म्यागजिनले ३६ वर्षीय शाहलाई ‘पूर्व हिप–हप कलाकार’ तथा नेपालको इतिहासकै ‘कान्छो प्रधानमन्त्री’का रूपमा चित्रण गर्दै उनको उदयलाई दक्षिण एसियामा वंशवादी राजनीतिविरुद्धको महत्वपूर्ण परिवर्तनको संकेतका रूपमा व्याख्या गरेको छ।

गत फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवापुस्ताको व्यापक समर्थनका कारण शाहले उल्लेखनीय जित हासिल गरेको उल्लेख गर्दै टाइमले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने चुनौती अहिले उनको सामु रहेको जनाएको छ।

यस वर्षको सूचीमा शाहसँगै अमेरिकी नेता Donald Trump, चिनियाँ राष्ट्रपति Xi Jinping, पोप Pope Leo XIV, मेक्सिकोकी राष्ट्रपति Claudia Sheinbaum, तथा इजरायलका प्रधानमन्त्री Benjamin Netanyahu लगायतका विश्व नेता समावेश छन्।

व्यापार तथा प्रविधि क्षेत्रमा Sundar Pichai, Michael Dell, Gwynne Shotwellजस्ता व्यक्तित्व पनि सूचीमा परेका छन् भने मनोरञ्जन क्षेत्रमा Ranbir Kapoor, Dakota Johnson तथा गायक Luke Combs लगायतका नाम समावेश छन्।

टाइममा प्रकाशित टिप्पणीमा भनिएको छ, “बालेनको उदयले नेपालको ३ करोड जनसङ्ख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्ण रूपमा अस्वीकार गरेको संकेत दिएको छ।”

प्रधानमन्त्री शाहको यो उपलब्धिलाई नेपालको अन्तर्राष्ट्रिय पहिचान र प्रभाव विस्तार गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/