spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसम्पत्ति विवरण सार्वजनिक: कोसँग कति छ सुन–चाँदी?

सम्पत्ति विवरण सार्वजनिक: कोसँग कति छ सुन–चाँदी?

काठमाडौं – वर्तमान सरकारका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ। सार्वजनिक विवरणअनुसार धेरै मन्त्रीहरूको सम्पत्ति अस्वाभाविक रूपमा ठूलो देखिएको भन्दै प्रश्न उठ्न थालेका छन्।

सार्वजनिक विवरणमा १६ मन्त्री र एक प्रधानमन्त्री गरी कुल १७ जनासँग करिब ७८६ तोला (झण्डै ९.२४ केजी) सुन र करिब १२४० तोला (१४.५८ केजी) चाँदी रहेको उल्लेख गरिएको छ। यसले सरकारका उच्च पदाधिकारीहरूको सम्पत्तिको स्रोतबारे चासो बढाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह ले आफ्नो सम्पत्ति विवरणमा १९० तोला सुन रहेको उल्लेख गरेका छन्। त्यस्तै, मन्त्री गौरी कुमारी यादव सबैभन्दा धेरै सुन हुने मन्त्रीको सूचीमा पहिलो स्थानमा परेकी छन्, जससँग १८० तोला सुन र करिब ६ केजी चाँदी रहेको छ। हालको बजार मूल्यअनुसार उनको सुनको मात्र मूल्य करिब २३ करोड रुपैयाँभन्दा बढी पर्ने अनुमान गरिएको छ भने चाँदीको मूल्य पनि ६१ लाख रुपैयाँभन्दा बढी देखिन्छ।

अन्य मन्त्रीहरूको विवरण हेर्दा पनि उल्लेख्य मात्रामा सुन–चाँदी, बैंक मौज्दात तथा विभिन्न स्थानमा फैलिएका जग्गाजमिन रहेको पाइन्छ। यसले वर्तमान मन्त्रिमण्डल अघिल्ला सरकारहरूको तुलनामा अझ धनी देखिएको टिप्पणी भइरहेको छ।

मन्त्रीहरूको सुन–चाँदी विवरण (संक्षेप)

स्वर्णिम वाग्ले: ४५ तोला सुन

शिशिर खनाल: २२ तोला सुन, २५ तोला चाँदी

विराजभक्त श्रेष्ठ: १५ तोला सुन, ५० तोला चाँदी

सुधन गुरुङ: ८९ तोला सुन, ५१० तोला चाँदी

सोविता गौतम: १५ तोला सुन, ५ तोला चाँदी (हिरासहित)

रामजी यादव: ८० तोला सुन, १५० तोला चाँदी

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here