Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस आज मनाइँदै

काठमाडौँ — मानव सभ्यतामा अन्तरिक्ष युगको ऐतिहासिक सुरुआतको स्मरण गर्दै आज विश्वभर अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ अप्रिल ७ मा पारित गरेको प्रस्तावअनुसार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौँ — मानव सभ्यतामा अन्तरिक्ष युगको ऐतिहासिक सुरुआतको स्मरण गर्दै आज विश्वभर अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ अप्रिल ७ मा पारित गरेको प्रस्तावअनुसार प्रत्येक वर्ष अप्रिल १२ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरिएको हो। यस दिवसले अन्तरिक्ष विज्ञान र प्रविधिको विकासले मानव जीवनमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न यसको उपयोगमा जोड दिन्छ।

इतिहासमा सन् १९६१ अप्रिल १२ का दिन सोभियत संघका नागरिक युरी गागरिनले पहिलो पटक अन्तरिक्ष यात्रा सम्पन्न गरेका थिए। पृथ्वीको परिक्रमा गर्ने पहिलो मानव बनेका गागरिनको उक्त उडानलाई अन्तरिक्ष अन्वेषणको नयाँ युगको सुरुआतका रूपमा लिइन्छ।

यसअघि सन् १९५७ अक्टोबर ४ मा ‘स्पुतनिक–१’ नामक पहिलो मानव निर्मित उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो, जसले अन्तरिक्ष अनुसन्धानको ढोका खोल्यो। त्यसपछिका वर्षहरूमा अन्तरिक्ष क्षेत्रमा उल्लेखनीय प्रगति हुँदै आएको छ।

सन् १९६३ जुन १६ मा भ्यालेन्टिना तेरेश्कोभा अन्तरिक्षमा पुग्ने पहिलो महिला बनिन् भने सन् १९६९ जुलाई २० मा नील आर्मस्ट्रङले चन्द्रमामा पाइला टेक्दै मानव इतिहासमा नयाँ कीर्तिमान कायम गरे। त्यस्तै, सन् १९७५ जुलाई १७ मा अपोलो र सोयुज अन्तरिक्ष यानहरूको संयुक्त अभियान सफल भई अन्तर्राष्ट्रिय सहकार्यको उदाहरण प्रस्तुत गरिएको थियो।

संयुक्त राष्ट्रसंघले अन्तरिक्ष अन्वेषणलाई सम्पूर्ण मानवजातिको साझा सम्पत्ति भएको उल्लेख गर्दै यसको लाभ सबै राष्ट्रहरूमा समान रूपमा पुग्नुपर्नेमा जोड दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/