spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारसंविधान र जनअधिकारमा हस्तक्षेप भए सदन र सडकबाट प्रतिकार हुन्छ :प्रचण्ड

संविधान र जनअधिकारमा हस्तक्षेप भए सदन र सडकबाट प्रतिकार हुन्छ :प्रचण्ड

काठमाडौं —शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र जनताका मौलिक अधिकारमा आँच पुग्ने कुनै पनि प्रयास भए त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। उनले वर्तमान सरकारका सकारात्मक कामलाई समर्थन गरिने तर जनताको अधिकार कटौती गर्ने कदमलाई स्वीकार नगर्ने स्पष्ट पारे।

उनका अनुसार यदि संविधानमा अनावश्यक हस्तक्षेप गरियो, राष्ट्रिय हितमा असर पर्ने गतिविधि भए वा नागरिकले पाएका अधिकार खोस्ने प्रयास गरियो भने त्यसको विरोध सदनभित्र मात्र होइन, सडकबाट पनि गरिनेछ।

प्रचण्डले अहिले विद्यार्थी अधिकार र कर्मचारी ट्रेड युनियनसम्बन्धी विषयमा सरकारको दृष्टिकोणप्रति चिन्ता व्यक्त गर्दै यस्ता संवेदनशील अधिकारमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताए। उनले प्राप्त अधिकारहरू लामो संघर्ष, त्याग र बलिदानबाट हासिल भएको उल्लेख गर्दै ती उपलब्धिमाथि कुनै प्रकारको छेडखानी नगर्न आग्रह गरे।

संविधान संशोधनको बहसबारे बोल्दै उनले नेकपा त्यसको विरोधमा नरहेको तर संशोधन जनताको अधिकार विस्तार गर्ने दिशामा केन्द्रित हुनुपर्ने धारणा राखे। विशेषगरी महिलाको अधिकार सुदृढ गर्ने, संघीय संरचनालाई थप मजबुत बनाउने र नागरिकलाई थप अधिकार दिने उद्देश्यले संशोधन गरिएमा पार्टीको सकारात्मक सहयोग रहने उनले बताए।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here