Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा, जनजीवन प्रभावित

बिहिबार बिहानदेखि नै मौसमका आएको परिर्वतनले उपत्यका सहित देशका विभिन्न स्थानमा दिनभरजसो पानी परिरह्यो। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ। आफ्नो…


विज्ञापनAdvertisement Banner
2 min read

बिहिबार बिहानदेखि नै मौसमका आएको परिर्वतनले उपत्यका सहित देशका विभिन्न स्थानमा दिनभरजसो पानी परिरह्यो। पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ।

आफ्नो कामका लागि घरबाहिर निस्किएका सर्वसाधारण वर्षाका कारण प्रभावित भए । मौसमको पूर्वानुमान थाहा पाएका केही मानिस छाता र रेनकोटसहित गन्तव्यतर्फ लागेका देखिन्थे भने कतिपय बिना तयारी भिज्दै सडकमा हिँड्न बाध्य भए। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रह्यो भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखियो। ती प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, साथै मधेश, कोशी र बागमतीका तराई क्षेत्रमा समेत मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा र तराईका केही भूभागमा मेघगर्जन तथा चट्याङसहित, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। सर्वसाधारण तथा यातायात सञ्चालनमा संलग्न सबैलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/