spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारआज देशभर हावाहुरी र असिनासहित वर्षाको सम्भावना

आज देशभर हावाहुरी र असिनासहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। यसकै कारण आज देशभर मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पूर्णतया बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। यी प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षा हुन सक्ने बताइएको छ।

विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। यसका साथै मधेस, बागमती, कोशी लगायतका प्रदेशका केही स्थानमा हावाहुरी चल्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

मौसमविद्हरूले सम्भावित हावाहुरी, चट्याङ र भारी वर्षाबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here