spot_img
20.9 C
Kathmandu
spot_img
Homeसमाचारशैक्षिक सत्र २०८३ वैशाख १५ बाट र बढि शुल्क लिन नपाइने

शैक्षिक सत्र २०८३ वैशाख १५ बाट र बढि शुल्क लिन नपाइने

काठमाडौं – सरकारले शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले केही संस्थागत विद्यालयहरूले कानुनी व्यवस्था विपरीत अग्रिम रूपमा विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुल्ने गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने र शुल्क असुल्ने गरेको प्रमाण तथ्यहरू सार्वजनिक भएका छन्।

मन्त्रालयले सबै विद्यालयहरूलाई नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न र संस्थागतशुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ मा तोकिएको बाहेक अन्य कुनै शुल्क नलिन निर्देशन तथा सचेत गराएको छ।

मन्त्रालयले तोकिएको शुल्क भन्दा बढि तथा अग्रिम भर्ना गर्ने विद्यालयहरूलाई शिक्षा ऐन, तथा प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here