Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

वैदेशिक रोजगारीमा भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ

काठमाडौं - वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ७३ लाख ७० हजार असुली गरेको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – वैदेशिक रोजगारीका नाममा सर्वसाधारणलाई ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ७३ लाख ७० हजार असुली गरेको आरोपमा उनीहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–७ का ५२ वर्षीय कर्णबहादुर राउत, तनहुँ भानु नगरपालिका–१२ का ४२ वर्षीय आनन्द थापा, नवलपरासी (पूर्व) कावासोती नगरपालिका–३ की ३९ वर्षीया राधिका पाठक पौडेल तथा मोरङ सुन्दरहरैचा नगरपालिका–३ का ४७ वर्षीय तिलक परियार रहेका छन्।

प्रहरीका अनुसार राउतले फिनल्यान्ड पठाउने भन्दै रु ५७ लाख, थापाले माल्टा पठाउने भन्दै रु ४ लाख ५० हजार, पौडेलले फिनल्यान्ड पठाउने भन्दै रु ४ लाख २० हजार तथा परियारले सर्विया पठाउने भन्दै रु ८ लाख ठगी गरेका थिए। पीडितहरूको उजुरीका आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/