Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी प्रणालीको प्रभाव: आज ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं - नेपालमा आज पनि मौसम अस्थिर रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले अधिकांश भूभागमा बदली देखिएको छ। आज दिउँसो…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपालमा आज पनि मौसम अस्थिर रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेकाले अधिकांश भूभागमा बदली देखिएको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी र हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्।

तराईका केही क्षेत्रमा पनि मौसमको प्रभाव देखिनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ भने अन्य तराई क्षेत्रमा पनि एक–दुई स्थानमा यस्तै प्रकृतिको वर्षा हुने अनुमान गरिएको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका केही तराई भूभागमा हावाहुरीको जोखिमसमेत रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति भने मौसम केही सुधार हुने देखिएको छ। हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।

मौसम पूर्वानुमान महाशाखाले चट्याङ्ग, हावाहुरी तथा असिनाका कारण हुन सक्ने सम्भावित क्षतिबाट जोगिन सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै विशेषगरी कृषक, यात्रु तथा खुला क्षेत्रमा काम गर्नेहरूलाई सावधानी अपनाउन सुझाव दिइएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/