Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

काठमाडौंका केही क्षेत्रमा आज ४ घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ। प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोलहरू परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न क्षेत्रमा केही समयका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार जीर्ण अवस्थामा रहेका पोलहरू परिवर्तन गर्ने कार्यका लागि बानेश्वर वितरण केन्द्रअन्तर्गत इमाडोल फिडरमार्फत सेवा लिइरहेका क्षेत्रहरूमा विद्युत् कटौती गर्न लागिएको हो।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने जनाइएको छ। यो अवधिमा नरेफाट, सिसिआरसी कलेज आसपास तथा सूर्यकोट मार्ग क्षेत्र प्रभावित हुनेछन्।

प्राधिकरणले ११ केभी क्षमताका पुराना पोलहरू प्रतिस्थापन गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध गर्नुपरेको स्पष्ट पारेको छ।

विद्युत् कटौतीका कारण हुन सक्ने असुविधाप्रति प्राधिकरणले सेवाग्राहीसँग क्षमायाचना गरेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/