Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सहकारी ठगी प्रकरण :अर्बौं रकम हिनामिनामा ५ जना पक्राउ

काठमाडौं उपत्यकामा सहकारीमार्फत बचतकर्ताको ठूलो रकम हिनामिना भएको आरोपमा प्रहरीले दुई सहकारी संस्थासँग सम्बन्धित पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा गौतमश्री…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं उपत्यकामा सहकारीमार्फत बचतकर्ताको ठूलो रकम हिनामिना भएको आरोपमा प्रहरीले दुई सहकारी संस्थासँग सम्बन्धित पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा गौतमश्री बहुउद्देश्यीय सहकारीका पदाधिकारीहरूमाथि कारबाही अघि बढाएको हो।

गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राईसहित चार जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्ने अन्यमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविन कुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राई रहेका छन्।

अनुसन्धानका क्रममा उक्त सहकारीमा १० हजार ५९८ बचतकर्ताको जम्मा चार अर्ब पाँच करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको देखिएको छ। तर संस्थाको विवरणअनुसार एक अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानीका रूपमा प्रवाह भएको पाइयो। बाँकी रकमको स्पष्ट अभिलेख फेला नपरेको र वितरण गरिएका कतिपय ऋणहरू बिना धितो वा कमजोर धितोमा दिइएको खुलासा भएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पनि पक्राउ परेका छन्। उनलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो। उक्त सहकारीमार्फत साढे पाँच अर्ब रुपैयाँभन्दा बढी ठगी भएको आरोप लगाइएको छ। बिष्टलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

हालैका दिनहरूमा सहकारीमा जम्मा गरेको बचत फिर्ता नपाएपछि पीडितहरू प्रहरीसमक्ष उजुरी दिन थालेपछि यस्ता घटनामा कारबाही तीव्र बनाइएको छ। सरकारसमेत यस विषयमा सक्रिय देखिएको छ र साना बचतकर्ताको रकम १०० दिनभित्र फिर्ता गराउने उपाय खोज्न सरोकारवालासँग छलफल भइरहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *