Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ओलीको बयान शिक्षण अस्पतालमै

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा पक्राउ परेका केपी शर्मा ओलीसँग अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीको नियन्त्रणमा रहेका ओलीको स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना…


विज्ञापनAdvertisement Banner
1 min read

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा पक्राउ परेका केपी शर्मा ओलीसँग अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीको नियन्त्रणमा रहेका ओलीको स्वास्थ्य समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ, जहाँ चिकित्सकहरूले अस्पताल बाहिर लैजान उपयुक्त नहुने सुझाव दिएका कारण बयान पनि अस्पतालमै लिइँदै छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार आजदेखि जाँचबुझ आयोगले तोकेको विषयमा ओलीसँग सोधपुछ सुरु गरिएको हो।

यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकसँगको बयान प्रक्रिया भने पूरा भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्लेका अनुसार लेखकको बयान सकिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/